नेभिगेशन
समाज

शीतल क्याम्पसको सभा बोलाउन विद्यार्थीको माग

रुकुम पश्चिमको चौरजहारीमा रहेको शीतल क्याम्पसमा क्याम्पस सभा सदस्य आवेदन प्रक्रिया खुलाउन माग गरिएको छ । 

शीतल मावि एसएलसी ब्याच समुह २०६७ का विद्यार्थीहरुले शीतल क्याम्पसको संचालन तथा व्यवस्थापन समितिको वैधानिकता सकिएतापनि लामो समयसम्म व्यवस्थापन समिति चयन नगरिएको भन्दै सभा बोलाउन माग गरेका हुन् । उनीहरुले आईतबार क्याम्पस प्रमुख रमेश लामिछानेलाई माग पत्र बुझाउँदै व्यवस्थापन समिति बैधानिक नहुँदा क्याम्पस प्रशासन र वि‌द्यार्थी समुदायमा अनिश्चितता र असुविधा उत्पन्न गरिरहेको जनाएका छन्।

माग पत्रमा उनीहरुले क्याम्पस सभा सदस्यहरुको आवेदन प्रक्रिया दुई दिनभित्र खुलाउन अनुरोध गरेका छन् । यसले क्याम्पसको पारदर्शिता र सुशासनलाई अझ बलियो बनाउनेछ भन्दै मागको सम्बोधन नभएमा चरणबद्ध आन्दोलन समेत गर्ने जनाएका छन् । 

विद्यार्थीहरु तेज बिष्ट, तिलक लामिछाने, समिर खड्का लगायतले क्याम्पसमा माग पत्र बुझाएका हुन् । विद्यार्थीहरुको मागलाई क्याम्पस प्रशासनले सकारात्मक रुपमा लिएको जनाएको छ । 

शीतल क्याम्पस संचालन तथा व्यवस्थापन समितिको कार्यकाल गत वर्षको पुस महिनामा सकिएको थियो । ६ महिना म्याद थप गरेर गत असारसम्म कार्यकाल लम्ब्याईएतापनि हालसम्म नयाँ व्यवस्थापन समिति चयन हुन सकेको छैन । 

6a6ef5b5-8a1f-4848-bb55-cca3dc40b917-1757864402.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्