नेभिगेशन
समाज

रुकुम पश्चिममा निशेधाज्ञा जारी : पाँच जना भन्दा बढी भेला हुन नपाउँने

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निशेधाज्ञा जारी गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीले निशेधाज्ञा आदेश जारी गर्नुभएको हो ।

भदौ २३ गतेदेखि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन र जुलुश जस्ता शान्ति खलबल्याउने क्रियाकलाप भइरहेको, शान्ति सुरक्षामा गम्भिर चुनौती हुनसक्ने र जिल्लाको शान्ति सुव्यवस्था र अमनचयन, सहिष्णुता र पारस्परिक सद्भाव कायम राख्न अतिआवश्यक देखिएकोले भन्दै सार्वजनिक स्थान तोकिएर निशेधाज्ञा जारी गरेको प्रजिअ थानीले जानकारी दिनुभयो । 

उहाँका अनुसार शुक्रबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार निशेधाज्ञा जारी गरिएको हो ।  

मुसिकोट नगरपालिका १ को अस्थायी प्रहरी पोष्ट पातुखोला देखि जिल्ला अदालत, मुसिकोट नगरपालिका, सेरीगाउँ, प्रहरी बिट पिपलनेटा, जिल्ला कारागार हुँदै अस्थायी प्रहरी पोष्ट पातुखोलासम्मको १०० मिटर बाहिरसम्मको क्षेत्र र जिल्लाका ६ वटै स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) को केन्द्र र सो वरपर पाँच सय मिटर दुरीको क्षेत्र तोकेर निशेधाज्ञा लगाईएको हो । 

शुक्रबार बिहान १० बजेदेखि बेलुका सात बजेसम्म निशेधाज्ञा लागु हुने प्रशासनले जनाएको छ । प्रशासनले तोकिएको सार्वजनिक स्थान र समयमा कुनै प्रकारको भेला जुलुश, प्रदर्शन तथा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई आवागमन समेत गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख गरेको छ। 

निषेधित क्षेत्र घोषणा गरिएको स्थानमा बिना स्वीकृति पाँच जनाभन्दा बढी व्यक्ति आवात जावत गरेमा वा भेला भएमा वा निषेधित कार्य गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गर्न सक्ने समेत प्रमख जिल्ला अधिकारीद्वारा जारी गरिएको आदेशमा उल्लेख छ । 

548010774_1472988047187619_652734160927886973_n-1757665437.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्