नेभिगेशन
राष्ट्रिय

रुकुमस्थित कारागार रित्तो पारेर भागे कैदीबन्दी

रुकुम पश्चिममा रहेको कारागार कार्यालयबाट कैदीबन्दीहरु भागेका छन् । कारागार रित्तो पारेर सबैकैदीबन्दीहरु भागेका हुन् । 

कारागार कार्यालयका अनुसार मङगलबार बिहानसम्म १५८ जना कैदीबन्दीहरु कारागारमा रहेका थिए । कार्यालय समयपछि उनीहरु कारागार रित्तो पारेर भागेका हुन् । भागेका मध्य १५–२० जना कारागारमा फकाईएको बाँकिको प्रहरीले खोजी गरिहेको बताइएको छ ।

२५ जनाको क्षमता रहेको कारागारमा १५० जना पुरुष, सात जना महिला र एक नाबालक रहेका छन् । सोमबारदेखि विकसित राष्ट्रिय घटनाक्रमको प्रभावले उनीहरुले सुरक्षाकर्मीको आँखा छलेर कारागारबाट भागेको हुनसक्ने कारागारको अनुमान रहेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार कैदीबन्दीहरुको खोजी तिब्र पारिएको छ । कारागारबाट भागेको सूचना पाउने बित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको र केहि कैदीबन्दीहरु नियन्त्रणमा लिईएको उहाँले जनाउनुभयो ।

भागेको स्थानतर्फ प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक पाठकले जनाउनुभयो । घटना के, कसरी हुन गयो भन्ने बारेमा थप अनुसन्धानपछि मात्रै खुल्ने उहाँको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय