एमाले मुसिकोटको अध्यक्षमा गोकर्ण खड्का चयन

सोमबार, जेठ ७, २०८१

रुकुम पश्चिम । नेकपा (एमाले) मुसिकोट नगरकमिटी रुकुम पश्चिमको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ । 

अधिवेशनबाट गोकर्ण खड्काको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरिएको छ  ।

कमिटीको उपाध्यक्षमा तुल बहादुर खड्का, सचिवमा एकराज पाण्डे र उपसचिवमा हिमानी केसी थापा र अमर बहादुर खड्का निर्वाचित हुनुभएको नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य अधिवक्ता रचना मल्लले जानकारी दिनुभयो । 

आजै नगर अधिवेशनको उद्घाटन भएको थियो । उद्घाटनपछिको बन्दसत्रले नयाँ कमिटी चयन गरेको हो । 

अधिवेशनमा पार्टीका केन्द्रीय सल्लाहकार गोबिन्द केसी, कर्णाली प्रदेश कमिटी सदस्य अधिवक्ता रचना मल्ल, जिल्ला अध्यक्ष नन्दराम देवकोटा, कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल लगायतको आतिथ्यता रहेको थियो । अधिवेशनकाे अध्यक्षता थल बहादुर ओलीले गर्नु भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्