नेभिगेशन
राजनीति

प्रदेश प्रशासनिक अधिकारी राख्ने प्रदेश २ को तयारी

धनुषा ।

प्रदेश नम्बर २ सरकारले आफ्नै प्रदेश प्रशासनिक अधिकारी राख्ने तयारी गरेको छ । संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफनै मातहत राख्ने तयारी गरिरहेको बेला त्यसलाई कमजोर गर्न प्रदेश २ सरकारले आफनै प्रदेश प्रशासनिक अधिकारी राख्ने तयारी गरेको हो ।

आज सम्पन्न प्रदेश २ मन्त्रिपरिषद बैठकले प्रदेश प्रशासन सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति दिएको छ ।

त्यो विधेयक प्रदेश सभाबाट पारित भएपछि प्रदेश सरकारले जिल्लाहरुको शान्ति सुरक्षा कायम गर्नुका साथै प्रदेश प्रहरीलाई परिचालन समेत गर्ने गरी ८ वटै जिल्लामा आफनै प्रशासनिक अधिकारी राख्ने बाटो खुला हुनेछ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति