नक्कली नोटसहित जाजरकोटमा एक महिला पक्राउ

मंगलबार, वैशाख २५, २०८१

जाजरकोट । जाजरकोटमा नक्कली नोट सहित एक महिला पक्राउ परेकी छन । जिल्लाको छेडागाड नगरपालिका - ५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिला पक्राउ परेकी हुन ।  पक्राउ पर्नेमा सोही नगरपालिका - १० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ । 

इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्