झ्याङ गाउँमा मकैको मुल बिउ वितरण 

मंगलबार, वैशाख २५, २०८१

रुकुम पश्चिमको मुसीकोट नगरपालिका -१० का किसानहरुलाई मकैको मुल बिउ उपलब्ध गराईएको छ । 

मकै जोन कार्यक्रम सञ्चालन भएको यस वडाका किसानहरुलाई अनुदानमा मकैको बिउ उपलब्ध गराईएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले छबि बहुद्धेश्यीय सहकारी संस्थामा आबद्ध २६ जना किसानहरुलाई बिउ उपलब्ध गराएको हो । 

वडा अध्यक्ष धनबहादुर खड्काका अनुसार किसानहरुलाई ५० प्रतिशत अनुदानमा मकैको मुल बिउ वितरण गरिएको हो । उक्त बिउ वडाको खड्का टोल अन्तर्गतको झ्याङ गाउँमा उन्नत बिउ उत्पादनका लागि लगाईने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनकामना ३ जातको मकैको दुई सय किलो बिउ झ्याङ गाउँमा वितरण गरिएको हो ।  झ्याङ गाउँमा मनकामना ३ बाहेक अन्य जातको मकै नलगाईने र उत्पादित उन्नत बिउको थप बिस्तार गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष खड्काले बताउनुभयो । 

झ्याङ गाउँमा हिउँदमा व्यवसायिक लसुन खेती हुने गरेको छ भने वर्षामा मकैको उन्नत बिउ उत्पादनको कार्यक्रम सञ्चालन गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्