गित गाउन भनेर काठमाडौं गएकी रुकुमकी एक किशोरी वेपत्ता 

शनिबार, वैशाख २२, २०८१

रुकुम पश्चिम । रुकुम पश्चिमको एक किशोरी काठमाडौंमा वेपत्ता भएकी छिन । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ३ की अन्दाजी १६ वषिया सन्ध्या बोहरा वेपत्ता भएकी हुन ।

गित गाउन भनेर घरबाट गएकी बोहरा १८ गते देखि वेपत्ता भएको उनका मामा शेखर बोहराले बताउनुभयो । 
उहाँका अनुसार किशोरी बोहरालाई काठमाडौंको माछापोखरीमा अलपत्र अवस्थामा रुकुमकै केही व्यक्तिले देखेको बताइन्छ ।

अहिले उनका बुवा लालबहादुर बोहरा लगायतले खोजीकार्यको लागी प्रहरी समक्ष निवेदन दिएको बताएका छन । 
उनी गाउँकै विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन ।

उनका परिवारहरुले बोहरालाई कसैले कतै फेला पारेमा नजिकको प्रहरी कार्यालय वा  निम्न नम्बरमा खवर गर्न आग्रह गरेका छन । 

सम्पर्क व्यक्तिहरू -
लालबहादुर बोहरा :-9864360546
शिखर बोहरा -
नबराज बुढा :-9869983024

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्