नेभिगेशन
राजनीति

निजामती कर्मचारी संगठन रुकुम पश्चिमको भेला सम्पन्न, अध्यक्षको जिम्मेवारी पुष्पराजलाई 

निजामती कर्मचारी संगठन रुकुम पश्चिमको जिल्ला अध्यक्षको जिम्मेवारी उपाध्यक्ष पुष्पराज ओलीलाई प्रदान गरिएको छ । १३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मुसिकोटमा आयोजित शुभकामना आदान प्रदान तथा विस्तारित जिल्ला भेलाले त्रिवेणी गाउँपालिका १० रुकुम पश्चिम निवासी ओलीलाई अध्यक्षको जिम्मेवारीमा चयन गरेको हो ।  । 

संगठनको भेलाबाट ओलीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कमिटि चयन गरिएको हो । संगठनको उपाध्यक्षमा निम बहादुुर केसी र सामना केसी, सचिवमा धनविर केसी, सह सचिवमा सागर कुमार भुजेल र कोषाध्यक्षमा कविराज केसी चयन हुनुभएको छ । 

संगठनको खुला सदस्यमा बिरेन्द्र विष्ट, सुरेन्द्र खत्री, केदार शर्मा, शशिराम बिष्ट, भिम खत्री चयन हुनुभएको छ । यसैगरि समावेशी तथा अन्य तर्फको सदस्यमा नविना बाँनियाँ, तुुलबीर विक, कविन्द्र पुन, सुरेश कुमार यादव, देवी ओली, विरेन्द्र अधिकारी, सर्पु मल्ल, ओम प्रकाश केसी, रोजेन्द्र प्रसाद भटराई र कृष्णमान केसी चयन हुनुभएको हो ।

संगठनको भेलामा एमाले कर्णाली प्रदेश कमिटि सदस्य कर्ण बहादुर ओली, एमाले जिल्ला अध्यक्ष नन्दराम देवकोटा, पेशागत संगठनका केन्द्रीय सदस्य प्रकाश खड्का, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य एवं रुकुम पश्चिम जिल्ला ईन्चार्ज जसवीर खत्री, संगठनका प्रदेश कमिटि सचिव मनोज केसी लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति