शीतल माविमा बिद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा

प्राविधिक शिक्षाका साथै अङग्रेजी र नेपाली माध्यामबाट पढाई हुन थालेपछि बिद्यार्थी र अभिभावकको रोजाईमा शीतल मावि
सोमबार, वैशाख १७, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –२ मा रहेको शीतल माध्यमिक विद्यालय चौरजहारीमा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा सम्पन्न गरिएको छ । 

नयाँ शैक्षिक सत्रको लागि विभिन्न कक्षामा भर्ना हुने आउने विद्यार्थीहरुलाई प्रवेश परीक्षा बनाईएको हो । सोमबार भएको प्रवेश परिक्षामा विभिन्न कक्षाका ४०८ जना विद्यार्थी सहभागी भएका छन् । 

कक्षा ६ का ३४ जना, कक्षा ७ का ५६ जना र कक्षा ८ जना ६९ जना विद्यार्थीहरु परीक्षामा सहभागि भएको विद्यालयका प्रधानाध्यापक यदु रानाले जानकारी दिनुभयो । त्यसैगरी कक्षा ९ को साधारण तर्फ १२९ जना र प्राविधिक तर्फ १२० जना बिद्यार्थीले भर्नाको लागि प्रवेश परीक्षा दिएका छन् । 

कक्षा ६ देखि नै अंग्रेजी र नेपाली दुबै माध्यामबाट पढाई हुने भएपछि अभिभावक र विद्यार्थीको रोजाईमा शीतल मावि पर्ने गरेको बताईन्छ । यसका साथै प्राविधिक तर्फको पढाईले बिद्यार्थीहरुलाई आकर्षण गरेको छ । 

भौतिक पूर्वाधार र गुणस्तरिय शिक्षामा अब्बल भएको यस विद्यालयमा भर्नाको लागि विद्यार्थीहरु बढी नै मात्रामा आउने गरेका छन् । प्रवेश परिक्षाको परिणाम चाँडै नै सार्वजनिक गर्ने तयारीमा जुटेको प्रधानाध्यापक रानाले जानकारी दिनुभयो । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्