भेरी नदिमा बेपत्ता खड्काकाे शव भेटियो

सोमबार, वैशाख १७, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -९ कोटजहारी निवासी ६१ बर्षिय नारायण खड्काको शव भेटिएको छ । 

वैशाख १२ गतेका दिन चौरजहारी नगरपालिका वडा नम्वर ३ रानिसागरस्थित भेरीनदिमा नुहाउने क्रममा डुबेर उहाँ बेपत्ता हुनुभएको थियो । उहाँको शव बेपत्ता भएको पाँच दिनपछि नदि किनारमा फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार उहाँको शव भेरी नदिमा निर्माणधिन मध्यपहाडी पुल देखि करिव ५० मिटर तलको नदिको खोचमा फेला परेको हो । मलामी गएका खड्का नुहाउने क्रममा डुबेर बेपत्ता हुनुभएको थियो । 

खड्का डुबेर बेपत्ता भएको सूचना लगत्तै ईलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक ईश्वर देव गिरीको कमाण्डमा ७ जना प्रहरी, नगर प्रहरी, स्थानीय व्यक्तिहरु खोजिकार्यमा लागेका थिए । शसस्त्र प्रहरीको गोताखोरको टिमले २ दिन सम्म भेरी नदीमा खोजतलास गरेको थियो । खड्का पूर्व शिक्षक समेत हुनुहुन्छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्