आठविसकोटमा काँग्रेसको प्रथम नगर सम्मेलन सम्पन्न

आइतबार, वैशाख १६, २०८१

नेपाली काङ्ग्रेस आठबिसकोट नगर कार्यसमितिको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार आठविसकोट नगरपालिका -९ राडिमा सम्मेलन सम्पन्न भएको हो । 

आठविसकोट नगर सभापती अमृत बोहराको अध्यक्षतामा भएको सम्मेलनमा नेपाली काँग्रेस रुकुम पश्चिमका उपसभापति हर्कसिं खत्रिको प्रमुख आतिथ्यता रहेको थियो । 

सम्मेलनमा पार्टीका जिल्ला सचिव तारक बहादुर शाही र क्षेत्रिय सभापति महेन्द्र केसीको बिशेष आथित्यता रहेको थियो भने पार्टी प्रवक्ता लालबहादुर ओली, प्रदेश प्रतिनिधिहरु,  जिल्ला कार्यसमितिका  सदस्यहरु, नेपाल बिद्यार्थी संघ रुकुम पश्चिमका जिल्ला सचिव बसन्त चन्द, आठबिसकोट नगर कार्यसमितिका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको आतिथ्यता रहेको थियो । 

सम्मेलनमा आठबिसकोट नगरपालिका भित्रका पार्टिको तर्फबाट निर्बाचित वडा अध्यक्ष तथा सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवम् पदाधिकारीहरु, पार्टीका क्रीयाशिल तथा सक्रिय सदस्यको उपस्थिति रहेको नेपाल बिद्यार्थी संघ रुकुम पश्चिमका जिल्ला सचिव बसन्त चन्दले जानकारी दिनुभयो । 

कार्यक्रमको सञ्चालन वडा नम्वर ९ का वडा सभापति तिलक बटालाले गर्नुभएको थियो ।

440805537_1184906946001002_8941682014343501787_n-1714276582.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्