सानीभेरीमा वडा स्तरीय पुरुष भलिबल सुरु

शनिबार, वैशाख १५, २०८१

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा  वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन भयको‌ छ ।

गाउँपालिकाको वडा नम्बर ३ बेल्टापु‌स्थित खेलमैदान‌मा खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन भएको‌ हो । योङ कम्युनिस्ट लिग (वाइसीयल) सानीभेरी गाउँपालिका खेलकुद विभागले भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

विभागका सुशील खड्काले प्रतियोगितामा २५ वटा टीमले भाग लिएको बताउनुभयो । उहाका अनुसार प्रतियोगितामा विजेता हुने समूहले नगद ५० हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै उपविजेता हुनेले नगद २० हजार रुपियाँसहित प्रमाणपत्र, सान्त्वना हुने दुई समूहले नगद १०/१० हजार पुरस्कार सहित प्रमाणपत्र गर्ने छन । 

वाईसिएल नेपाल सानिभेरी गाउँपालिका अध्यक्ष बालकृष्ण बिकको अध्यतामा भएको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नर बहादुर पुन, पार्टीका गाउँकमिटी इन्चार्ज धनविर ओली‌, कर्णाली प्रदेश‌ कमिटी सदस्य बिर्ख बहादुर बिष्ट लगाएतको‌ आतिथ्यता रहेको थियो । प्रतियोगिता दुई दिनसम्म‌ चल्ने‌ बताईएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्