बिल्डअपको इन्टरलकिङ इट्टाको माग बढ्दै, ७२ जिल्लामा उद्यमी

शुक्रबार, वैशाख १४, २०८१
  • सत्य बटाला

जाजरकोट । बिल्डअप नेपालद्वारा उत्पादित इन्टरलकिङ इट्टाको सेवा नेपालका ७२ जिल्लामा बिस्तार गरिएको छ । उत्पादन भएको ६ बर्षमै सेवाको दायरा फराकिलो बनाउन बिल्डअप सफल भएको बताईएको छ । 

बिल्डअप नेपालका जाजरकोट शाखा प्रबन्धक समिर भट्टराईका अनुसार बजारको मागको आधारमा बिल्डअप नेपालद्वारा उत्पादित इन्टरलकिङ इट्टाको सेवाकाे लागि ७२ जिल्लामा उद्यमी बिस्तार गरिएको छ । इन्टरलकिङ इट्टाको सेवा सुरु गरिएको ६ बर्षमै बजार माग अत्याधिक भएको उहाँले बताउनुभयो । 

बिशेष गरेर उद्योगीहरुको मागको आधारमा सेवा क्षेत्र बिस्तार गरिएको हो । हालसम्म १० हजार बढी भौतिक संरक्षण निर्माण र चार सय बढी उद्योगी माफर्त इन्टरलकीङ इट्टाको निर्माण गर्ने आधुनिक मेसिन वितरण गरेर ७२ जिल्लामा उद्यमीको  दायरा बढाइएको छ । 

शाखा प्रवन्धक भट्टराईले पछिल्लो समय भूकम्प प्रभावित क्षेत्रमा प्रकोप  प्रतिरोधात्मक संरचना निर्माण गर्ने उद्धेश्यका साथ जाजरकोट र रुकुम पश्चिमका लागि बिल्डअप नेपालले सेवा सुरु गरेको बताउनुभयो । छ । अहिले भेरी नगरपालिका वडा नम्बर १ रिम्नाबाट सेवा दिदै आइरहेको उहाँले जानकारी दिनुभयो । 

भूकम्प प्रभावित क्षेत्रमाप्रकोप प्रतिरोधी संरचना निर्माणका लागि विभिन्न छलफ, तालिम लगायत विभिन्न निकायहरुसँग सहकार्य गरिएको बताईन्छ । 
बिल्ड अप नेपालले कम्युनिटि इम्प्याक्ट नेपालको सहकार्यमा इन्टरलकीङ इट्टाको प्रयोग मार्फत कम लगानीमा भूकम्प प्रतिरोधी, वातावरणमैत्री  र आकर्षक संरचना निर्माणको काम गरिरहेको छ ।  

इन्टरलकीङ इट्टाको प्रयोग मार्फत भेरि नगरपालिका वडा नम्बर १ जाजरकोटमा रहेको बागेश्वरी मावि, यार्सन र कारिदाससँगको सहकार्यमा पिपेमा २ कोठे भवन, रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १४ मा नगर प्रहरी भवन, चौरजहारी नगरपालिकामा सामुदायिक भवन निर्माणको काम भईरहेको छ । यी भवनहरु अहिले नमूनाको रुपमा निर्माण भईरहेका छन् । 

WhatsApp-Image-2024-04-25-at-19.06.54_73c1a61e-1714145744.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्