रुकुमकोटमा महोत्सव सकिएको चार दिनमै आय-व्यय सार्वजनिक, पाँच हजार मात्र बचत

बुधबार, वैशाख १२, २०८१

पूर्वी रुकुम पर्यटन, साँस्कृतिक, कृषि तथा व्यापार महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । 

अठाले ग्रुप प्रा.लि.ले २०८० चैत्र २३ गतेदेखि २०८१ बैशाख ८ गतेसम्म संचालन गरेको महोत्सवको आयव्यय आज बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । 'समृद्ध रुकुम पूर्वको आधार, कला संस्कृतिको पहिचान' भन्ने मूल नाराका साथ सिस्ने गाउँपालिका -५ स्थित रुक्मिणी माध्यामिक बिद्यालयको प्राङ्गणमा महोत्सव संचालन गरिएको थियो । 

१६ दिनसम्म चलेको महोत्सवबाट ३३ लाख ५० हजार रुपियाँ आम्दानी भएको आयोजक अठाले ग्रुप प्रा.लि.अध्यक्ष अध्यक्ष सुधन रेग्मीले जानकारी दिनुभयो । बिभिन्न सरकारी तथा, गैर सरकारी संघसंस्था, व्यक्तिगत सहयोग, टिकट बिक्रि र स्टल भाडाबाट उक्त रकम आम्दानी भएको रेग्मीले बताउनुभयो । 

३३ लाख ५० हजार आम्दानी भएकोमा ३३ लाख ४५ हजार खर्च भएको आयोजक समितिले जनाएको छ । स्टल व्यवस्थापनमा १० लाख, साउन्ड सिस्टममा ५ लाख, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको पारिश्रमिकमा १५ लाख रकम खर्च भएको रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी सुरक्षा गार्ड तथा व्यवस्थापनमा १ लाख, प्रचारप्रसार तथा मञ्च व्यवस्थापनमा २ लाख र फिल्ड भाडा शुल्क ४५ हजार गरी जम्मा ३३ लाख ४५ हजार खर्च भएको आयोजकले जनाएको छ । 

महोत्सवबाट आयोजकलाई जम्मा ५ हजार रुपियाँ मात्र नाफा रहेको जानकारी गराउदै अध्यक्ष रेग्मीले नाफाका लागि भन्दा पनि जिल्लाको संस्कार संस्कृतिका लागि महोत्सब आयोजना गरिएको प्रष्ट पार्नुभयो । 

कार्यक्रममा महोत्सव संयोजक लखन स्वारले महोत्सवले विशेष गरी जिल्लाको पहिचानमा मद्धत पु¥याउने हुदा यस्ता खालका मेला महोत्सवको आयोजना गरिनुपर्नेमा जोड दिनुभयो ।  

जिल्लास्थित थुप्रै स्थानीय कलाकारहरु जन्मिएका तर यस्ता महोत्सवहरुमा स्थान नपाउँदा कला र गला ओझेलमा पर्ने गरेकोले स्थानीयस्तरमा महोत्सव आवश्यक रहेको महोत्सवका व्यवस्थापक तथा लोकदोहोरी गायक प्रकाश रन्काले बताउनुभयो । स्थानीयस्तरका कला, संस्कृतिका साथै स्थानीय कलाकारहरुको उत्थानका लागि यस्ता मेला तथा महोत्सवले टेवा पु¥याउने रन्काको भनाई छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्