लोकतान्त्रिक व्यवस्थामा मिडिया फस्टाउँछन् : अध्यक्ष बस्नेत

'पत्रकारिता नैतिकता र आचरणमा बाँधिने पेशा हो'
मंगलबार, वैशाख ११, २०८१

रुकुम पश्चिम । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लोकतान्त्रिक व्यवस्थामा मिडियाहरु फस्टाउने बताउनुभएको छ । मिडिया लोकतन्त्रको जग भएकोले बलियो लोकतान्त्रिक व्यवस्थामा मात्र मिडिया क्षेत्र बलियो हुने उहाँको भनाई छ । 

प्रेस काउन्सिल नेपालले मङगलबार रुकुम पश्चिमको मुसिकोटमा आयोजना गरेको मिडिया विकास कोष र आचार संहिता जागरण कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बस्नेतले नेपालको लोकतन्त्र स्थापनामा मिडिया क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँनुभयो । 

लोकतन्त्र दिवसको सन्दर्भलाई जोड्नुहुँदै अध्यक्ष बस्नेतले लोकतन्त्र स्थापनाका लागि नेपालका मिडियाले अतुलनीय योगदान गरेको तर राज्यका विभिन्न निकायबाट मिडिया उपेक्षामा परेको गुनासो गर्नुभयो । मिडिया कमजोर भएमा लोकतन्त्र पनि कमजोर बन्दै जाने उहाँले उल्लेख गर्नुभयो ।

438158964_428421523123746_4946963645136735583_n-1713877452.jpg
प्रेस काउन्सिल नेपालले सरकारसँग लिखित रुपमै मिडिया क्षेत्रको सबलिकरणको लागि विभिन्न मागहरु राखेतापनि सरकारसँग भनेजसरी समन्वय हुन नसकेको उहाँले जानकारी दिनुभयो । 

राजधानी बाहिरका मिडिया हाउसहरुले आफ्नै जिल्लाबाट विज्ञापनहरु पाउन नसकेको तर जिल्लाका विज्ञापनहरु केन्द्रमा जाने गलत चलन चलिरहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘विज्ञापनमा सेटिङ्ग चल्दा जिल्लाका विज्ञापनहरु लुकेर अन्त गईरहेका छन् । यसलाई रोक्न निरन्तरको दवाव र बहस जरुरी छ ।’ 

उहाँले पत्रकारिताको ईथिक्स भित्र रहेको पत्रकारिता मात्र ज्युदो ईतिहास हुने भएकोले कुनै पनि मिडियाले पत्रकारिताको धर्म र मर्म मार्न नहुनेमा जोड दिनुभयो । 

पत्रकारिता नैतिकता र आचरणमा बाँधिने पेशा हो : सदस्य बेल्वासे

438065170_969477580964372_7023602254555901964_n-1713877456.jpg
कार्यक्रममा प्रेस काउन्सिलका बोर्ड सदस्य ठाकुर बेल्वासेले पत्रकारिता पेशा नैतिकता र आचरणमा बाँधिने पेशा भएकोले यहाँ सादगीपन जरुरी रहेको बताउनुभयो । उहाँले अझैपनि स्थानीय मिडियाहरुलाई विज्ञापन नदिने अवस्था रहेको उल्लेख गर्नुहुँदै लोभ र प्रलोभनमा पत्रकारहरु फस्न नहुनेमा जोड दिनुभयो । 

पत्रकार आचार संहिताका विषयमा प्रेस काउन्सिल गम्भीर रहेकोले आचारसंहिताको कडिमा पत्रकारिता रहेमा मात्र पत्रकारिताको उचाई बढ्ने उहाँको भनाई छ । कार्यक्रममा पत्रकार आचार संहिता र प्रेस काउन्सिलले गरिरहेका कामका बारेमा छलफल गरिएको थियो ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको संयोजनमा भएको उक्त कार्यक्रममा प्रेस काउन्सिलका शाखा अधिकृत महेन्द्रराज सिंहले कार्यक्रमको औचित्य प्रष्ट पार्नुभएको थियो ।

शाखाका उपाध्यक्ष गोपाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने काउन्सिलका बोर्ड सदस्य ठाकुर बेल्वासे, शाखा अधिकृतद्वय महेन्द्रराज सिंह र विष्णु लम्साल, जिल्लास्थित पत्रकारका संघ सङ्गठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । महासंघका सहसचिव नारायण ओलीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सदस्य परिचन्द्र खत्रीले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । 

436803131_991192045950550_7326762306836613865_n-1713877594.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्