बर्दिया घर बताउने बालक मुसिकोटमा अलपत्र !

बिहीबार, वैशाख ६, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१ मा एक बालक अलपत्र अवस्थामा फेला परेका छन् । 

बर्दिया जिल्लाको बाँसगढी नगरपालिका घर बताउने अन्दाजी ११ वर्षिय बालक बुधबार मुसिकोट नगरपालिका –१ स्थित खलंगा बजारमा अलपत्र अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार बालकले आफ्नो नाम बरुण योगी बताउने गरेका छन् । अन्य कुराहरु भन्न नसक्ने अवस्थामा फेला परेका बालकलाई अलपत्र अवस्थामा फेला पारिएको डिएसपी पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार बालकलाई अहिले मुसिकोटमा रहेको अल्पकालिन आवास गृहमा राखिएको छ । बालकलाई चिन्ने महानुभाव तथा आफन्तजनहरुलाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ । 

Balak-fela-1713415476.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्