राप्ती साहित्य परिषद रुकुम पूर्वको अध्यक्षमा जमुना, सचीवमा उर्मिला

बिहीबार, चैत २२, २०८०

रुकुम पूर्व । राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । बिहिबार रुकुमकोटमा भएको परिषदको तेस्रो जिल्ला अधिबेशनले जमुना गौतमको अध्यक्षता  ९ सदस्यिय जिल्ला कार्यसमिति सर्वसम्मत चयन समेत गरेको छ । 

जसको उपाध्यक्षमा डिकेन्द्र कुमार शाह‚ सचिवमा उर्मिला गौतम‚ सह–सचिवमा अम्मर खत्री र कोषाध्यक्षमा भावना खड्का चयन हुनुभएको छ । यस्तै निमा पुन र ध्रुव कुमार बुढा सदस्यमा चयन हुनुभएको छ भने दुइ  सदस्य पछि चयन गरिने बताइएको छ ।

अधिवेशनबाटै निवर्तमान अध्यक्ष कमानसिङ्ग डागीको संयोजकत्वमा ६ सदस्यिय सल्लाहकार समिति गठन गरिएको छ । जसको सदस्यहरुमा शिव कुमार शाही‚ कैलाश कुमार मल्ल‚ भूवनेश्वर उपाध्याय‚ वासुदेव गौतम र प्रभात गुरुङ रहनुभएको छ ।

यसैबिच कार्यक्रमको अवसरमा साहित्यकार कमान सिंह विष्टको “जन्मभूमिका भोगाइहरू” मुक्तकसङ्ग्रह लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको तेस्रो जिल्ला अधिवेशनको अवसर पारि विष्टको “जन्मभूमिका भोगाइहरू” मुक्तकसङ्ग्रह लोकार्पण गरिएको हो ।

साहित्वियकार बिष्टको यो मुक्तकसंग्रह प्रथम संस्करण हो । मुक्तक सङ्ग्रहमा रुकुम पूर्वको चिनारी समाज र राजनिती आदि जस्ता विषयवस्तुलाई चर्चा परिचर्चा गरिएको छ ।

“जन्मभूमिका भोगाइहरू” मुक्तकसङ्ग्रह पुस्तकको समिक्षा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहकार तथा खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक मुकुन्द शर्माले गर्नुभएको थियो ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वमा निवर्तमान अध्यक्ष कमानसिह विष्टको अध्यक्षतामा भएको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख मोहन बहादुर केसी‚ सिस्ने गाउँपालिका अध्यइ कृष्ण रेग्मी‚ भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ‚ राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिममा अध्यक्ष मनलाल केसी‚ सल्लाहकार मुकुन्द प्रसाद शर्मा लगाएतको आतिथ्यता रहेको थियो । जमुना गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उर्मिला गौतमले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २२:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : म त्यो नारी !
बिहीबार, चैत २२, २०८०

कविता : प्रिय सडक !
बिहीबार, चैत २२, २०८०

 गजल : जनक रावत 'अनुराग'
बिहीबार, चैत २२, २०८०

गजल - विकास खड्का
बिहीबार, चैत २२, २०८०