राजकुमारको बहिर्गमन पछि मुख्यमन्त्री बन्ने बाटोमा यामलाल कँडेल

बुधबार, चैत २१, २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएसँगै यामलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

 बुधबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गर्नुभएको थियो । । लगत्तै शर्माले प्रदेश प्रमुख तिलक परियारलाई राजीनामा बुझाएपछि एमालेका संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

कर्णालीको मुख्यमन्त्रीका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच  तीन दिन यता रस्साकस्सी जस्तै थियो । सके पूरै कार्यकाल, नभए डेढ वर्षसम्म जसरी हुन्छ, कर्णाली सरकारको नेतृत्व गर्ने चाहना मुख्यमन्त्री शर्माको देखिन्थ्यो ।  तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कडा निर्देशन र चर्को दबाबमा बिच शर्माले राजीनामा दिनुभएको हो ।

नयाँ सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेपछि २०७४ सालदेखि नै मुख्यमन्त्री दाबी गर्दै आउनुभएका कँडेल अब भने मुख्यमन्त्री बन्ने पक्का पक्की जस्तै भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्