मुख्यमन्त्री राजकुमार शर्माद्वारा  राजीनामा

बुधबार, चैत २१, २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनु भएको छ ।  बुधबार बसेको प्रदेशसभा तेस्रो अधिवेशनको छैटौ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गर्नुभएको हो ।  

सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा सरकार छाड्न सजिलै तयार नभएपनि  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा अन्ततः राजीनामा दिनुभएको हो ।

शर्माको राजीनामासँगै  अव कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने पक्का भएको छ ।  

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्