कविता : प्रिय सडक !

आइतबार, चैत ११, २०८०

कविता : प्रिय सडक !

एक मुसाफिर 
बोकेर दिलमा तिर 
चराहरुको आवाज सँगै चिरबिर
लगातार, बारम्बार के हो हार 
दौडिरहेछ, कुँदिरहेछ, हिडिरहेछ 
खुट्टा हुनु र नहुनुलाई जोड्न चाहान्न
चरासँग पनि नक्सा कहाँ छ र ?
गन्तव्य भेटेकै हुन्छ 
मतलब
क्षमता राख्नेले हार्न जानेको छैन 
आफैलाई सोध 
हार्ने कि जित्ने भनेर ।

यहीँ हो
उड्न चाहानेका लागि खुल्ला 
गुड्न चाहानेका लागि खुल्ला 
समथल सम्झनेलाई समथल     
अनन्त   
बा, तिम्रो सफरलाई हेर्छु
घरको आँगनलाई हेर्छु
अनि घर अगाडिको सडकलाई हेर्छु 
आखिर कसरी बसेका होलान् ?

प्रिय सडक !
कुनै दिन मेरो सफरको 
गति तिब्र भयो भने बुझ्नु 
एक पागल निस्किएको रहेछ सफरमा ।

- एल के 'सायर'

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्