नेभिगेशन
राष्ट्रिय

बाढीपहिरो पीडितलाई सहयोग गर्न अखिल क्रान्तिकारीको अपिल

पीडितलाई उद्धार र राहत व्यवस्था गर्न माग

काठमाडौ / बाढीपहिरो पीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न अनेरास्ववियू क्रान्तिकारीले सरकारसँग माग गरेको छ।

बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत अखिल क्रान्तिकारीले माग गरेको छ।

अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति निकालेर बाढीपहिरो प्रभावितको उद्धार तथा राहतको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो। उहाँले बाढीपहिरोमा परेर बेपत्ता भइरहेकाहरूको खोजी गर्नसमेत माग गर्नुभएको छ ।

बाढीपहिरो प्रभावितलाई तत्काल सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने उहाँको भनाइ छ। अध्यक्ष सिंहले नेता तथा कार्यकर्तालाई बाढीपहिरो प्रभावितको उद्धार कार्यमा जुट्नसमेत निर्देशन दिनुभएको छ ।

बाढीपहिरो पीडितलाई सहयोग गर्न बिभिन्न सहयोगीदाताहरुलाई उहाँले अपिल समेत गर्नुभएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय

भदौ १३ पछिका सबै परीक्षा स्थगित