नेभिगेशन
समाज
चितवन

महकिसानलाई तालिम

चितवन ।

महको उत्पादन र गुणस्तर वृद्धि गर्न चितवनका मौरी पालक किसानहरुलाई तालीम दिईएको छ । व्यवसायिक रुपमा गुणस्तरीय मह उत्पादन गर्न मह उत्पादन प्रशोधन प्रविधि प्रर्दशन तथा स्थलगत ३ दिने तालिम प्रदान गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई (मौरी जोन) चितवनले आयोजना गरेको सो तालीममा २१ जना मौरी पालक किसानको सहभागीता रहेको थियो ।

पछिल्लो समय महको गुणस्तरमा गुनासा आएपछि किसानलाई तालीम दिनुपरेको मौरी जोन इकाई कार्यालयका प्रमुख मेघनाथ तिमल्सीनाले बताए ।

तालिममा मौरी विज्ञ प्रोफेसर डा. खेमराज न्यौपाने र नेपाल मौरी पालक महासंघका पूर्व अध्यक्ष धुव्रतारा लामिछानेले सहजीकरण गरेका थिए । तालिममा गुणस्रीय मह उत्पादनको अवसर, चुनौती, मह प्रशोधन, लेबलिङ्ग, प्याकेजिङ्गलाई मुख्य आधार मानेर प्रशिक्षण दिईएको थियो ।

तालिमको अवसरमा चेपाङ्ग सुमदायहरुले सञ्चालक गरेको जनचेतना साना किसान कृषि सहकारी अन्र्तगत सञ्चालित मह संकलन तथा प्रशोधन केन्द्रको अवलोकन पनि गरिएको थियो । तालीममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको प्राविधिक सहयोग थियो ।

मह उत्पादनको राजधनीका रुपमा परिचित चितवनमा बार्षिक ८ सय मेट्रिक टन मह उत्पादन हुदै आएको जनाईएको छ । जिल्लामा २० हजार घार मार्फत किसानहरु मौरी पालनमा सहभागी हुदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज