नेभिगेशन
राजनीति

सेरीगाउँमा समाजवादी मोर्चाको सन्देश सभा सम्पन्न, पाँच बुंदे कार्यक्रम घोषणा

रुकुम पश्चिम । समाजवादी मोर्चा रुकुम पश्चिमको सन्देश सभा सम्पन्न भएको छ । सोमबार मुसिकोट नगरपालिकाको सेरीगाउँमा भएको सभाबाट विभिन्न पाँच बुँदै कार्यक्रम घोषणा गरेको छ । 

'समाजवादको यात्रामा अघि बढौं' भन्ने मुल नारामा केन्द्रित रहेर समाजवादी मोर्चाले कार्यक्रमहरु तय गरेको मोर्चाका जिल्ला संयोजक गोबिन्द रोका 'सचिन'ले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोर्चाको केन्द्रीय अवधारणापत्रको अधिनमा रहेर जिल्लाको सापेक्षतामा आधारमा कार्यक्रम तय गरिएको हो । घोषणा गरिएका कार्यक्रमह सुशासन, समृद्धि, समाजिक न्याय, विकास निर्माण र शिक्षा तथा स्वास्थ्यको सवालमा केन्द्रित रहेका छन् । 

जिल्ला संयोजक रोकाका अनुसार जिल्लामा लामो समयदेखि अलपत्र अवस्थामा रहेका विकासे आयोजनाहरु (तत्कालको लागि मुसिकोट नगरपालिकाको पितिवाङ खोला पुलमा भएकाे ढिलासुस्तीका विरुद्ध संघर्ष शुरु गर्ने) को सम्बन्धमा मोर्चाको अगुवाइमा चरणवद्ध संघर्षका दवावमूलक कार्यक्रमहरु संचालन गर्ने, संघीय सरकार र प्रदेश सरकार मातहतका जिल्लास्थित सरकारी कार्यालयहरु र स्थानीय तहहरुमा देखिएका जनगुनासाहरु सम्बोधन गराउनको लागि परिणाममुखी पहलकदमी अघि बढाउने कार्यक्रम तय गरिएको छ । 

429524460_10229819077093790_5237865409842713019_n1709610650.jpg

त्यसैगरी जिल्लालाई कृषिजन्य, पशुपंक्षीजन्य तथा वन पैदावारजन्य उपभोग्य वस्तुहरुमा आत्मनिर्भर  बनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउने, आवश्यक दवाव सृजना गर्ने, सामाजिक न्यायका लागि जिल्लाका विभिन्न ठाँउमा हुने लागू औषध दुर्व्यसनी, जातीय छुवाछुत र लैङ्गिक हिंसाका विरुद्ध सचेतनामूलक कार्यक्रम संचालनको लागि निरन्तर पहल गर्ने, विभिन्न तहका सरकारबाट हुने बजेट विनियोजनमा देखिएका विकृतिहरुका विरुद्ध खबरदारी गर्ने, सार्वजनिक विकास निर्माणको काममा तोकिएको गुणस्तर कायम गराउन नागरिक अनुगमनको अभियान संचालन गर्ने कार्यक्रम तय भएको छ । 

यसका साथै सामुदायिक शिक्षण संस्थाहरुमा व्यवस्थापकीय सुधार र शैक्षिक गुणस्तर बढाउन सहयोग पुग्ने खालका विभिन्न कार्यक्रमहरु जिल्लाव्यापी रुपमा संचालन गर्ने, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग हुने गरी सम्बन्धित निकायसँग पहल गर्ने कार्यक्रमहरु तय भएको संयोजक रोकाले बताउनुभयो । 

कार्यक्रममा  मोर्चाको कर्णाली प्रदेश संयोजक बिमला केसी लगायत जिल्लाका सबै पालिकाबाट मोर्चाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति