'यदु स्मृति पत्रकारिता पुरस्कार' टीका बिष्टलाई प्रदान

सोमबार, फागुन २१, २०८०

‘यदु स्मृति पत्रकारिता पुरस्कार, २०८०’ पत्रकार टीका बिष्टलाई प्रदान गरिएको छ । 

२५ औं यदु स्मृति दिवसको अवसर पारेर यदु स्मृति प्रतिष्ठान रुकुमले विष्टलाई पुरस्कृत गरेको हो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले विष्टलाई १५ हजार नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको हो । 

यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ ।

तत्कालीन नेकपा एमाले रुकुमका सचिव रहनुभएका यदु गौतमलाई २०५५ साल फागुन २१ गतेका दिन साबिक रुकुमको गरायला गाबिस वडा नम्वर ४ मा तत्कालिन बिद्रोही माओवादीद्धारा हत्या गरिएको थियो ।

उहाँकै स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । बिष्ट यदु स्मृति पत्रकारिता पुरस्कार पाउने २२ औं पत्रकार हुनुहुन्छ । 

प्रतिष्ठानका अध्यक्ष सुजाता गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सचिव नारायणप्रसाद शर्मा, पुरस्कृत व्यक्तित्व टीका विष्टले धारणा राख्नुभएको थियो ।  सो कार्यक्रममा यदु गौतमका ९७ वर्षीय पिता उमाकान्त गौतमसहित अन्य एमाले नेताहरूको पनि सहभागिता थियो । 

yadu-41709563484.jpg

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्