लण्डनकी रिनाद्वारा बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाई पोशाक वितरण

बुधबार, फागुन १६, २०८०

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मा रहेको चन्दननाथ आधारभूत विद्यालय डाङ्ग्रीचौरमा रहेका बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । 

विद्यालयमा अध्ययनरत बिशेष शिक्षा अन्तर्गत बौद्धिक अपाङ्गता भएका नौ जना बिद्यार्थीहरुलाई जाडो र गर्मि समयमा लगाउने विभिन्न पोशाकहरु वितरण गरिएको हो । 

विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माका अनुसार लण्डनबाट अध्ययनको क्रममा आउनुभएका मिस रिनाले उक्त सहयोग गर्नुभएको हो । मिस रिना युके लण्डनको यु. सि. एल. विश्वविद्यालयमा विद्यावारिधी (पिएचडि) काे लागि अध्ययनरत हुनुहुन्छ ।

उहाँ पिएचडिको सोधपत्रको तयारीका क्रममा केश स्टडी गर्न चन्दननाथ आधारभूत विद्यालय डाङ्ग्रीचौरमा आउनुभएको प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो । उहाँले नै बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो कपडा जकेट र गर्मियाममा लगाउन मिल्ने टिसर्ट लगायतका पोशाक वितरण गर्नुभएको हो । 

प्रधानाध्यापक शर्माले यस कार्यको लागि बिशेष शिक्षाका लेखाजोखा संयोजक डम्बर बहादुर खड्का, यमुनानन्द नमूना मावि सेरीगाउँका पुर्व प्रधानाध्यापक दामोदर पौडेल र रिनाका सहयोगी सोना घिमिरेले समन्वय गर्नुभएको बताउनुभयाे । 

WhatsApp Image 2024-02-28 at 13.53.27_6f174d3d1709109720.jpg

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्