रुकुम पश्चिममा हजुरबुबाको हत्या आरोपमा नाती पक्राउ

शुक्रबार, फागुन ११, २०८०

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ जुम्लाबाङका ५१ वर्षिय हस्तराम खड्काको हत्या गरेको आरोप एक ब्यक्ति पक्राउ परेका छन ।

प्रहरीले खड्काको हत्या आरोपमा सोही गाउँका २३ बर्षिय डिल्लीरमण खड्कालाई पक्राउ गरेको जनाएको छ । मृतक हस्तराम र हत्या आरोपी डिल्लीरमण बाजे-नाती हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले हत्या आरोपी खड्कालाई रगत लागेको चप्पलसहित पक्राउ गरेको जानकारी दिनुभयो । उहाँका अनुसार खड्काले सामान्य विवादको क्रममा उत्तिस जातको काठको मुडाले टाउकोमा प्रहार गरि हत्या गरेको स्वीकार गरेका छन ।

पक्राउ परेका आरोपि खड्कालाई हिरासत कक्षमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान मुसिकोट नगरपालिका -१२ जुम्लाबाङ बुगेरीस्थित बैरागी ठाँटिबाट त्रिवेणीतर्फ जाने सडक छेउमा हस्तरामको शव भेटिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्