नेभिगेशन
समाज
पर्वत

मकैको सातु बजारमा

पर्वत ।

पर्वतमा व्यवसायकि रुपमा मकैको सातु उत्पादन गरी बजारमा पठाउन थालिएको छ । दशकौँ पहिलेसम्म चामल भन्दा मकै र कोदो बढी खाने प्रचलन रहेपनि पछिल्ला बर्षहरुमा मकैको महत्व कम भएपछि फलेवास नगरपालिका ४ मुडिकुवामा रहेको सामुदायिक खाद्य प्रशोधन उद्योगले व्यवसायिक रुपमा मकैको सातु उत्पादन गरी बजारमा पठाउन शुरु गरेको हो ।

क्यालोरी, सुगर, फाईवर, ओमेगा लगायतका तत्व पाउन सकिने मकैको खाने चलन हराउँदै गएको बेलामा खानको लागि सजिलो र स्वादिलो बनाएर मकैको सातुको उत्पादन थालिएको उद्योगका सञ्चालक थानेश्वर भुषालले जानकारी दिए ।

यसअगाडि लप्सी, अमला, सुन्तला, खुर्पानी, अदुवा लगायतका खाद्य बस्तु प्रशोधन गरी क्याण्डी, माडा, तितौरा, अचार, जुस जस्तै अन्य सामग्री उत्पादन गरेर विदेशमा समेत निर्यात गर्दै आएको उद्योगले मकैको सतु सहित कोदो र गहुँलाई पनि प्रशेधन गरी बजारमा पठाउन लागेको छ ।

पौष्टीक आहारको रुपमा रहेको सातुमा ७० प्रतिशत मकै, १० प्रतिशत चना, १० प्रतिशत भट्ट, ५ प्रतिशत बदाम, ३ प्रतिशत चिनी, १ प्रतिशत नुन, १ प्रतिशत अदुवा, मरिच र अलैचीँके समिश्रण राखिएको भुषालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज