रुकुम पश्चिममा ६ सदस्यीय समाजवादी मोर्चा गठन

शुक्रबार, माघ २६, २०८०

रुकुम पश्चिममा समाजवादी नेपाल जिल्ला संयोजन समिती गठन भएको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक गोबिन्द रोकाको संयोजकत्वमा ६ सदस्यीय जिल्ला संयोजन समिति गठन गरिएको हो । संयोजक रोकाका अनुसार उक्त समितिमा तिन वटा राजनैतिक दलका प्रतिनिधिहरु सदस्यको रुपमा रहनु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष एवं केन्द्रीय परिषद सदस्य माधव प्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चन्द्र सी, नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य राधा रोकाय, नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचीव सुरज परियार र नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य अनिता सी उक्त संयोजन समितिको सदस्य रहनुभएको छ ।

समाजवादी घटक दलहरु एक ठाउँमा रहेर राजनीति र विकासका सवाल सकारात्मक कार्य गर्न उक्त समिति बनाईएको बताईएको छ । समितिको संयोजक समाजवादी मोर्चा नेपालको कार्यविधि, २०८० बमोजिम आलोपालो प्रणाली अनुसार हुने मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य देवी ओली र जिल्ला अध्यक्ष विमल कुमार पुन, माओवादी केन्द्रका केन्द्रीय सदस्य बुद्धि प्रसाद शर्मा, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सक्रेटरी हरि सी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्