पहिचान नखुलेको शवको मुग्लुखोलामा अन्त्येष्टि

बिहीबार, माघ २५, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिममा पहिचान नखुलेको एक शवको अन्तेष्टि गरिएको छ । मुसिकोट नगरपालिका -३ को मुग्लुखोलामा पहिचान नभएको शवको अन्तेष्टि गरिएको हो । 

मुसिकोट नगरपालिकाका नगर प्रहरी इन्चार्ज उमेश केसीका अनुसार नेपाल प्रहरी र नगर प्रहरीको सयुक्त टोलीले मुग्लुखोलामा लगेर शवको व्यवस्थापन गरेको हो । उक्त शव गत माघ १७ गतेका दिन चौरजहारी नगरपालिका ३ को कुरलस्थित भेरिनदिको खोचमा फेला परेको थियो । 

त्यसपश्चात आवश्यक कानूनी प्रक्रिया पुरा गरेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा शव ल्याईएको थियो । नौ दिनसम्म जिल्ला अस्पतालको शव गृहमा उक्त शव राखिएको र कसैले पनि दाबी गर्न नआएपछि कानूनसम्मत तरिकाले दाहसस्कार गरिएको नगर प्रहरी इन्चार्ज केसीले जानकारी दिनुभयो । 

बेवारिसे अवस्थामा फेला परेको उक्त शवको त्यतिबेला नै दुर्गन्धित भैसकेको थियो । उक्त शव अन्दाजी वर्ष ४०, उचाई ५ फिट ६ ईन्च भएको, मोटो शरिर भएको पुरुषको रहेको जनाईएको छ । शवको माथिल्लो शरिरको भागमा आर्मी कलरको टिसर्ट र तल्लो शरिरको भागमा निलो रंगको फुल ट्रयाक रहेको थियो ।

चौरजहारीको कुरलमा एक पुरुषकाे शव फेला

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्