रुकुमको रेडियो मौराखारा पाँचौ वर्ष प्रवेश

बिहीबार, माघ २५, २०८०

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा रहेको रेडियो मौराखारा एफ.एम. आज देखि पाँचौ वर्ष प्रवेश गरेको छ । 

सानीभेरी सामुदायिक विकास केन्द्रद्वारा संचालित रेडियो मौराखारा एफ.एम. चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको हो । यस अवसरमा रेडियोले आज एक प्रेस विज्ञप्ती जारी गर्दै श्रोता, स्थानीय सरकार, विज्ञापनदाता, सहयोगी संघ संस्था, रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी, शभेच्छुक तथा शुभचिन्तकहरुमा शुभकामना व्यक्त गरेको छ । 

२०७६ साल माघ २५ गते प्रशारणमा आएको यस रेडियोले फाल्गुन २ गते उद्घाटन भएर विधिवत प्रशारण सुरु गरेको थियो । रेडियो मौराखाराका स्टेशन प्रमुख नारायण ओलीले रेडियो सूचना, मनोरञ्जन, विकास र विचार प्रवाहको  माध्यमबाट आम श्रोताहरुको महत्वपूर्ण माध्यम बनेको उल्लेख गर्नुभयो ।

रेडियो मौराखारा एफ.एम.को चौथो वार्षिक उत्सवको अवसरमा देशमा संघीयता कार्यन्वयन संगै  स्थापना भएका स्थानीय सरकारमा सुशासन कायम गराउने अभियानमा रेडियो मौराखाराको माध्यबाट सहयोग गर्ने, राम्रा कामको  प्रचारप्रसार गर्ने र अनियमितताको शसक्त भण्डाभोर गर्ने अभियानलाई पनि हामी निरन्तरता दिने बताईएको छ । 

सामाजिक परिवर्तन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाको प्रष्फुटन, जनहितकारी तथा कल्याणकारी सन्देश, अत्यावश्यकिय सूचना प्रवाह जस्ता कार्यहरु निरन्तर रुपमा गरिने स्टेशन प्रमुख ओलीले जानकारी दिनुभयो । 

425511819_7241213419330688_4416163221827092921_n1707370055.jpg

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्