नेभिगेशन
राष्ट्रिय

भूकम्प पिडितको राहत वितरणमा विवादित चिनियाँ महिलालाई कारबाहि गरेर चीन फर्काईयो 

१५ हजार जरिवाना, भिसा वर्ष भित्र नेपाल प्रवेश निशेष

काठमाडौं । अवैध रुपमा नेपाल बसिरहेकी एक चिनियाँ नागरिकलाई कारबाहि सहित चिन फर्काईएको छ । 

जाजरकोटमा गएको भूकम्पमा राहत वितरणका क्रममा हातपात भएकी भनिएकी एक चिनियाँ संस्थाकी मुख्य निर्देशक सोउ सिच्याङ अवैध रूपमा नेपाल बसेको पुष्टि भएसँगै डिपोर्ट भएकी हुन्।

चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ भिसाको म्याद थप नगरी नेपालमा रहेको पाइएपछि अध्यागमन ऐनअनुसार १५ हजार रुपैयाँ जरिवाना तोकेर उनी डिपोर्ट गरिएकी हुन् ।

अध्यागमन विभागले सोउ भिसा अवधिभन्दा बढी नेपालमा बसेको पाइएको भन्दै गत २८ मंसिरमा गृहमन्त्रालयलाई पत्र पठाएको थियो । विभागले कानुनअनुसार उक्त भिसा वर्षमा नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्नका लागि गृहमन्त्रालयलाई अनुरोध गरेको थियो ।

विभागको पत्रअनुसार गृह मन्त्रालयले निष्काशन गर्ने निर्णय गरेको थियो । मन्त्रालयले २ पुसमा चिनियाँ नागरिक सोउ भिसा नियमित नगरी ओभरस्टे भएको पाइएको भन्दै निष्कासन गर्ने निर्णय गरि पठाएको हो ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘यसरी ओभरस्टे गर्ने विदेशी नागरिकलाई अध्यागमन कार्यविधिअनुसार जारी भिसा वर्षभित्र नेपाल प्रवेश गर्न नपाउने गरी डिपोर्ट गर्ने गरिएको’ बताउनुभयो ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेका बेला सोउमाथि मंसिरमा जाजरकोटमा रिम्नामा हातपात भएको हल्ला फिजाईएको थियो।

सोही विषयलाई लिएर माओवादी केन्द्रले पार्टीका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीलाई स्पष्टीकरण समेत सोधेको थियो । 

जवाफमा केसीले पार्टी महासचिव देव गुरुङमाथि शक्तिको दुरुपयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्रीमा अनियमितता गरेको आरोप लगाउँदै पार्टी र सरकारले यस विषयमा छानबिन गर्नुपर्ने माग गर्नुभएको थियो । 
भूकम्प पीडितको नाममा भएको अनियमितताको बारेमा आफूले कुरा उठाउँदा पार्टीका महासचिव गुरुङ र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले बचाय गर्न लागेको केसीको भनाई छ । चिनियाँ नागरिकसँग भएको विवाद स्थानीय प्रहरीमा मेलमिलाप भईसकेको बिषयमा महासचिव र प्रदेश अध्यक्षले उचालेर अनावश्यक विवाद बढाएको केसीले उल्लेख गर्नुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय

भदौ १३ पछिका सबै परीक्षा स्थगित