जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड बेलटापुमा सुरु

शिल्डलाई क्षमता प्रदर्शनीको अवसरका रुपमा लिन मुख्यमन्त्री शर्माको आग्रह
मंगलबार, माघ १६, २०८०

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ३ बेलटापुमा १४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको छ । मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शिल्डको उद्घाटन गर्नुभएको हो । 

रनिङ शिल्ड उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुखयमन्त्री शर्माले शिल्डलाई जित र हारको रुपमा भन्दा पनि क्षमता प्रदर्शनीको अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ । 

शर्माले खेलाडिहरुले जिल्ला, प्रदेश र देशलाई चिनाउने एक माध्यामका रुपमा खेलकुदलाई उपयोग गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रममा उहाँले युवाहरु खेलकुदमा मात्र सिमित नभई समाज र युगको नेतृत्व गर्नतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । एउटा सफल खेलाडीले खेलक्षेत्रसँगै राजनैतिक, शैक्षिक, सामाजिक, साँस्कृतिक र उत्पादन क्षेत्रको नेतृत्व गर्न सक्ने उहाँको भनाई छ । 

WhatsApp Image 2024-01-30 at 16.53.56_57182a561706615519.jpg

मुख्यमन्त्री शर्माले दशौ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमै आयोजना हुने भएकोले प्रदेश सरकारले अलि बढी बजेट त्यतातर्फ केन्द्रित गरेकोले पालिकास्तरमा भनेजसरी बजेट पठाउन नसकिएको जानकारी गराउनुभयो ।

उहाँले विभिन्न स्थानीय तहहरुबाट खेलकुद संरचना र सामाग्रीको माग भईरहेकोले ती मागहरुको सहज सम्बोधनमा लागेको बताउनुभयो । खेलक्षेत्रको विकासका लागि तीनै तहका सरकारले सहकार्य गरेर अघि बढ्ने उहाँको भनाई छ । 

कार्यक्रममा सहिद दिवसको सन्दर्भ जोड्नुहुँदै उहाँले सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कुरा मात्रै नभएर मनन् गर्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले अरुलाई गरिने अन्यायले कति ठुलो असर पर्छ भन्ने कुराको हेक्का राख्दै फेरि पनि बलिदान गर्ने अवस्था नआओस् भनेर संकल्प गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।  

कार्यक्रममा मुख्यमन्त्री शर्माले आर्थिक सम्पन्नता र सामाजिक न्यायकासाथ समृद्धि हाँसिल गर्न सबै एकताबद्ध र केन्द्रिकृत हुन आवश्यक रहेको बताउनुभयो । समाजमा रहेका बिकृति र विसंगतीको अन्त्य गर्न राजनीतिक र सामाजिक क्षेत्रमा सकारात्मक र सिर्जनशिल प्रतिश्पर्धा गरिनुपर्ने उहाँको भनाई छ । 

WhatsApp Image 2024-01-30 at 16.53.56_721dbf4e1706615558.jpg

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्