नेभिगेशन
समाज

भ्रष्टाचार मुद्धामा तीन दिन कैद तोकिएका अधिकारी मुसिकोटको पातुखोलाबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

आज दिउँसो मुसिकोट नगरपालिका १ को पातुखोलाबाट मुसिकोट नगरपालिका ५ कोलटाकुरा निवासी २८ वर्षीय सन्दिप अधिकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार बिशेष अदालत बबरमहल काठमाडौले मिति २०७६ चैत ५ गते भ्रष्टाचार मुद्धामा अधिकारीलाई तीन दिन कैद सजाय तोकेको थियो । त्यस यता फरार रहेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । 

पक्राउ परेका प्रतिवादी अधिकारीलाई कैद सजाय भुक्तानका लागि जिल्ला अदालत रुकुममा पेश गरिएको प्रहरीले जनाएको छ । 

95b40060-935b-4f87-a8f0-71dd0d766d1d-1793611384.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज