राष्ट्रिय वाणिज्य बैंकको बार्षिकोत्सवको अवसरमा चौरजहारीमा सात जना सम्मानित

बुधबार, माघ १०, २०८०

रुकुम पश्चिम । राष्ट्रिय वाणिज्य बैंकको बार्षिकोत्सवको अवसरमा रुकुम पश्चिमको चौरजहारीमा बैंकका सात जना उत्कृष्ट तथा असल ग्राहकलाई सम्मान गरिएको छ । 

बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका बिच बैंकको चौरजहारी शाखाले सात जनालाई सम्मान गरेको हो । 

बैंकका शाखा प्रबन्धक आशा भण्डारीका अनुसार तीन जना उत्कृष्ट बचतकर्ता र चार जना असल कर्जाग्राहकलाई सम्मान गरिएको हो । उहाँहरुलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको हो । 

शाखा प्रबन्धक भन्डारीले उत्कृष्ट बचतकर्ताको रुपमा बिनय के.सी., विकास के.सी र मिना कुमारी पोखरेललाई सम्मान गरिएको बताउनुभयो । त्यसैगरी असल कर्जाग्राहकको रुपमा बि एण्ड बि सप्लायर्सका प्रोपराईटर तेजबहादुर बिष्ट, प्रेथगो ईन्टरप्राईजेजका प्रोपराईटर गोपाल ओली, पुरी किराना पसलका लोकेन्द्र पुरी र कसम कोल्ड स्टोरका रुद्रबहादुर बि.क.लाई सम्मान गरिएको छ । 

WhatsApp Image 2024-01-24 at 17.07.21_41484bb91706108607.jpg

ग्राहकहरुलाई बचत गर्ने बानिको विकास गराउन, समयमै कर्जा जम्मा गर्न प्रेरित गर्न र बैङ्किङ सेवा मार्फत कारोबार गर्ने सन्देश प्रवाह गर्न सम्मान कार्यक्रम गरिएको शाखा प्रबन्धक भण्डारीले उल्लेख गर्नुभयो । बैंकको बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा चौरजहारीमा सम्मान कार्यक्रम आयोजना गरिएको हो । 

WhatsApp Image 2024-01-24 at 17.07.23_ef3701661706108615.jpg

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्