भूकम्प प्रभावितहरुको लागि विपद् व्यवस्थापन कोषमा ३१ लाख रुपियाँ जम्मा (कसले, कति सहयोग गरे, हेर्नुहोस्)

आइतबार, कात्तिक २६, २०८०

रुकुम पश्चिम । जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमको खातामा ३१ लाख १४ हजार १४७ रुपियाँ जम्मा भएको छ । 

कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर आएको बिनाशकारी भूकम्पबाट प्रभावितहरुको सहयोगको लागि उक्त रकम जम्मा भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार यो रकम कात्तिक २३ गतेसम्म मात्र जम्मा भएको हो । नगद, बैंक भौचर, मोबाईल बैकिंग स्लिप कार्यालयमा उपलब्ध गराएको र बैंक स्टेटमेन्ट समेत हेर्दा विपद् व्यवस्थापन कोषमा ३१ लाख बढी रकम जम्मा हुन आएको हो । 

नगद जम्मा गरिसकेका र भौचर पठाउन छुट भएका सहयोगी दाताहरुलाई रकम जम्मा गरेको विवरण उपलब्ध गराउन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले कोषमा जम्मा भएको रकम विपद् पीडित उद्धार र राहत सम्बन्धी (सातौ संशोधन) मापदण्ड, २०७७ र विपद् सम्बन्धी प्रचलित कानून बमोजिक मात्र खर्च हुने बताउनुभयो । विभिन्न व्यक्ति तथा निकायले उक्त रकम जम्मा गर्नुभएको हो । 

सहयोगी दाताहरुको विवरण :

WhatsApp Image 2023-11-12 at 16.50.02_c47491671699788386.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्