नेभिगेशन
समाज

राजविराज नगरपालिकामा सार्वजनीक बिदा

सप्तरी ।

सप्तरीको राजविराज नगरपालिकाले बिहीबार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिएको छ ।

नगर कार्यपालिकाले बुधबार सूचना जारी गर्दै २०७३ फागुन २३ गतेका दिन मलेठ घटनामा शहीद भएकाहरुको सम्झनामा शोकसभा तथा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै विदा दिइएको जनाएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा दुई २०७३ फागुन २३ गते मलेठस्थित गजेन्द्रनारयण सिंह औद्योगिक क्षेत्रभित्र आयोजित जनसभापछि प्रहरीसँग भएको झडपमा पाँच जना मारिएका थिए ।

मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत मलेठ गाउँ नजिकै रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित जनसभापछि नेताहरु बाहिरिने समयमा प्रहरीको गोली लागेर पाँच जना मारिएका थिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज