पाँचौँ शिद्ध गुफा गोल्ड कपको उपाधि सल्ले ए को हातमा

आइतबार, कात्तिक ५, २०८०

रुकुम पश्चिम । पाँचौँ शिद्ध गुफा गोल्ड कपको उपाधि सल्ले ए टिमले हात पारेको छ । आज आईतबार भएको फाईनलमा आयोजक टिमको सल्ले बी टिमलाई हराउदै सल्ले ए टिमले उपाधि हात पारेको हो । 

आयोजक सल्ले बी ३–१ ले पराजित भएको आयोजक सल्ले यूथ क्लबका अध्यक्ष भागिराम बोहराले जानकारी दिनुभयो । सल्ले ए टिमले ६० हजार ९ सय ९९ र उपविजेताले  ३० हजार ९ सय ९९ रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको उहाँले बताउनुभयो  ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट उदयमान खेलाडी र फेयर प्ले अवार्ड गरी व्यक्तिगत इभेन्टमा पनि पुरस्कृत गरिएको छ । यस प्रतियोगितामा विभिन्न ठाउँका २८ वटा समूहले भाग लिएका थिए । 

मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यतामा आईतबार प्रतियोगिताको समापन गरिएको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्