नेभिगेशन
खेल

साफ महिला च्याम्पियनसिपको तयारी तीव्र

मोरङ ।

विराटनगरमा हुने पाँचौं साफ महिला फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । आगामी फागुन २८ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको हो ।

महिला साफ च्याम्पियनसिपका लागि एन्फाले विराटनगरको सहिद रंगशालालाई प्रतियोगिता हुने तय गरेको छ । नेपाली महिला राष्ट्रिय टोली अहिले विराटनगरस्थित डिएभी स्कूलको खेलमैदानमा अभ्यासरत छन् ।

सार्कका ६ राष्ट्र सम्मिलित साफ च्याम्पियनसिपमा नेपालको मुख्य प्रतिद्वन्द्वीको रुपमा भारत रहेको छ । मुख्य प्रशिक्षक खड्काले अभ्यास गर्ने लामो समय मिलेको हुँदा उत्कृष्ट प्रर्दशन गर्ने विस्वास व्यक्त गरे ।

अनु लामाको कप्तानीमा नेपाली टोली मैदान उत्रिने छ । अहिले २३ जना खेलाडी प्रशिक्षणमा व्यस्त छन् । २३ मध्धे २० जना खेलाडी पाँचौ महिला साफ च्याम्पियनसिपको लागि छनौटमा पर्नेछन् ।


खेलाडी छनौटको टुङ्गो बिहीबार लाग्ने मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए । पहिलो पटक नेपालले आयोजना गर्न लागेको साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाललाई यसपटक दोहोरो मौका छ ।

पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि अब ६ टिमको सहभागिता रहनेछ । जसमा नेपालले पहिलो खेल भूटानविरूद्ध खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्