चौरजहारीमा बाल दिवस : चेतनामूलक नाटकसहित विभिन्न कार्यक्रम सम्पन्न

शनिबार, भदौ ३०, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा ५९ औं बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाईएको छ । 

नगर बाल संजाल चौरजहारीको आयोजना तथा चौरजहारी नगरपालिका र मानव विकास तथा सामुदायिक सेवाको सहयोगमा लिवस मनाईएको हो । 

बाल सञ्जालका अध्यक्ष दिपक डाँगीका अनुसार चेतनामूलक र्‍यालि सहित वक्तृत्वकला र लोक नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । त्यसैगरी दिवसकै अवसरमा आयोजित औपचारिक कार्यक्रमका बिच चेतनामुलक नाटक समेत प्रदर्शन गरिएको सञ्जालका अध्यक्ष डाँगीले जानकारी दिनुभयो । 

"बालबालिकामा लगानी : सुनिश्चित भबिस्यको थालनी" भन्ने मुल नाराका साथ मनाईएको दिवसका अवसरमा नगरपालिका भित्र रहेका कक्षा ६ देखि ८ सम्म लोक नृत्य र ९ देखी १२ सम्म सम्मका बिधार्थिहरु बिच बक्तृत्वकला प्रतियोगिता गराईएको थियो ।

378800923_6534415703346557_6967471204285569939_n1694831078.jpg

शीतल माध्यामिक विद्यालयको प्रांगनमा आयोजित कार्यक्रममा वक्तृत्वकला प्रतियोगीतामा शीतल माध्यामिक विद्यालयका छात्रले प्रथम स्थान हाँसिल गरेका छन । लोक नृत्यतर्फ माध्यामिक विद्यालय खहरेले प्रथम स्थान हाँसिल गरेको छ । 

उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरु लाई १ थान स्कुल झोला र प्रमाण पत्र वितरण गरीएको थियो । 

कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी, निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकाल, विभिन्न विद्यालयका प्रधानाध्यापक, विषयगत शिक्षक, अभिभावक, बिद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्