छिवाङमा अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप 

शुक्रबार, भदौ २९, २०८०

रुकुम पश्चिम । ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा मुसिकोट नगरपालिका वडा नम्वर १३ मा अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप सम्पन्न गरिएको छ ।

"बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी" भन्ने नाराका साथ आज वडा नम्वर १३ को कार्यालयले विभिन्न कार्यक्रम आयोजना गरेको हो ।  

वडाभित्र रहेका ४ वटा आधारभुत र २ वटा माध्यमिक बिद्यालयका बिद्यार्थीहरु बिच विभिन्न प्रतियोगिताहरु आयोजना गरेर दिवस मनाईएको हो । 

बेलुन प्रतियोगिता, गणित दौड, हिज्जे, हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता आयोजना गरेर दिवस मनाईएको मुसिकोट नगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँ अनुसार कक्षा १ देखि ३ सम्मका बिद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको बेलुन प्रतियोगितामा महेन्द्र मावि चौताराका कारण बिक प्रथम, आधारभूत बिद्यालय काउलेचौरका प्रकृति खड्का द्धितीय र आधारभूत बिद्यालय डाँडाछिवांगका प्रेम प्रकाश ओती तृतीय भएका छन् । 
 
त्यसैगरी कक्षा ४ र ५ का बिद्यार्थीहरु बिच गराईएको गणित दौड प्रतियोगितामा  महेन्द्र मा. बि. चौतारा प्रथम, नेपाल राष्ट्रिय आवि डाडाछिबाङ दोश्रो र प्रभात मावि दोपाईले तेस्रो स्थान प्राप्त गरेका छन् । 

कक्षा ४ देखि ५ सम्मका बिद्यार्थीहरु बिच गराईएको हिज्जे प्रतियोगितामा नेपाल राष्ट्रिय आवि प्रथम, महेन्द्र मा. बि. चौतारा दोश्रो र सरस्वती आवि काउलेचौरले तेस्रो स्थान ल्याउन सफल भएका छन् । 

त्यसैगरी कक्षा ६ देखि ८ सम्मको हाजिरीजवाफ प्रतियोगितामा प्रभात मा. बि. दोपाई प्रथम, महेन्द्र मा.बि. चौतारा दोश्रो र महेन्द्र मा.बि. चौतारा कै समुह तेस्रो भएका छन् । 

कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीहरु लक्षित गरेर आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा महेन्द्र मावि चौताराका सृष्टि शर्मा, पुजा बिष्ट र सैलेन्द्र केसी क्रमश प्रथम, द्धितीय र तृतीय स्थान ल्याउन सफल भएका छन् । 

कर्णाली प्रदेशसभा सदस्य मिलन खड्काको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, ओरेक नेपालका दिपा धिताल लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्