मेलमिलाप र शान्तिको लागि राप्रपा रुकुम पूर्वले बुझायो ज्ञापनपत्र

मंगलबार, भदौ १२, २०८०

रुकुम पूर्व । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पूर्वले जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापनपत्र बुझाइएको छ । 

सनातन संस्कृति मान्दै आएका ओमकार परिवारहरुको आस्थाको सम्मान गर्न र समाजमा मेलमिलाप तथा शान्तिको वातावरण कायम गर्न आह्वान गर्दै राप्रपा रुकुम पूर्वले प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा मार्फत प्रधानमन्त्रि समक्ष ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्रमा धरानमा गौ–हत्यागरी मासु खाएको दृश्य सामाजिक संजालमा सार्वजनिक गर्ने र त्यसो गर्न पाउनुपर्छ भन्दै खुलेआम चुनौती दिने पक्षलाई सरकारले कारवाही गर्नुपर्ने माथ राखिएको छ । 

राष्ट्रिय प्रजातनत्र पार्टी जिल्ला कार्य समिति रुकूम पूर्वका सचिव अमर बहादुर शाहीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा पछिल्लो समय धरानमा भएको गौ-हत्या काण्डको सत्यतथ्य छानबिन गरि दोषीहरुलाई कार्वाही गर्न माग गरिएको छ ।

त्यस्तै संविधानको धारा २६ को उपधारा ३ ले दिएको अधिकार अनुरुप शान्तिपूर्ण रुपले विना हातहतियार भेला हुन पाउने अधिकार बमोजिम सनातन परिवारले गर्न लागेको विशाल जनसभामा लगाएको निषेधाज्ञाले हिन्दु धर्मावलम्बीहरुप्रति सरकारको रवैया थप प्रष्ट भएको समेत उल्लेख छ । 

ज्ञापनपत्र बुझाउने कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य मदन शाहको समेत उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्