सरस्वती मावि सल्लेमा हाजिरीजवाफ

शुक्रबार, भदौ ८, २०८०

रुकुम पश्चिम । मुसिकोट नगरपालिका -१  स्थित सरस्वती माध्यमिक बिद्यालय सल्लेमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार अखिल (क्रान्तिकारी) सरस्वती मावि मूल इकाई कमिटी सल्लेको आयोजनामा प्रतियोगिता सम्पन्न गरिएको हो ।  

अखिल (क्रान्तिकारी) मुसिकोट नगर कमिटीका अध्यक्ष दुर्गा प्रसाद बि.क.का अनुसार प्रतियोगितामा पाँच वटा समुहले भाग लिएका थिए । प्रतियोगितामा गण्डकी समुहले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ भने बागमती समुह दोश्रो र सगरमाथा समुहले तेस्रो स्थान प्राप्त गरेका छन् । 

प्रथम, दोश्रो र तेस्रो स्थान ल्याउन सफल बिद्यार्थी समुहलाई शैक्षिक सामाग्री र प्रमाणपत्र दिईएको थियो । 

अखिल (क्रान्तिकारी) सरस्वती मावि मूल इकाई कमिटीका अध्यक्ष विज्ञान राम्जालीको अध्यक्षतामा भएको कार्यक्रममा सरस्वती मावि सल्लेका प्रधानाध्यापक खम्बू सिङ थापा, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष नारायण केसी,  उपाध्यक्षहरु विशाल विष्ट र निराजन केसी, जिल्ला सचिव खुमराज ओली, अखिल (क्रान्तिकारी) मुसीकोट नगर कमिटीका अध्यक्ष दुर्गा प्रसाद विक र चौरजहारी नगर समिति अध्यक्ष प्रकाश डाँगीको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) सरस्वती मावि मूल इकाई कमिटीका सदस्य गौरी पुनले गर्नुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्