नेभिगेशन
राजनीति

अन्तरपार्टी महिला संजाल रूकुम पश्चिमको जिम्मेवारी फेरबदल 

रुकुम पश्चिम । अन्तरपार्टी महिला संजाल रूकुम पश्चिमको जिम्मेवारी फेरबदल भएको छ ।

शुक्रबार जिल्ला सदरमुकाम मुसिकोटमा भएको एक कार्यक्रमका बिच संजालको जिम्मेवारी फेरबदल गरिएको हो । १५ सदस्यीय संजालको अध्यक्षमा खिमा डाँगी चयन हुनुभएको छ । 

संजालको जिम्मेवारी हरेक एक/एक वर्षमा परिवर्तन हुने गर्दछ । विभिन्न राजनैतिक दल निकट तथा जिल्लामा क्रियाशिल विभिन्न महिला संगठनहरुको साझा संगठनमा रुपमा अन्तरपार्टी महिला संजालले कार्य गर्दै आएको छ । सोहि अनुसार हरेक एक वर्षमा जिम्मेवारी फेरबदल हुने गरेको छ । 

आज अध्यक्षमा चयन हुनुहुने डाँगी नेकपा एमाले निकट हुनुहुन्छ । त्यसैगरी उपाध्यक्षमा शुसिला केसी, सचिवमा अन्जना केसी र काेषाध्क्षमा दुर्गा बुढा चयन हुनुभएको छ । शुसिला माओवादी केन्द्र निकट, अन्जना नेपाली काँग्रेस निकट हुनुहुन्छ भने दुर्गा नेकपा समाजवादी निकट हुनुहुन्छ। 

विभिन्न पार्टी निकट महिला संगठनको साझा सस्थाको रुपमा स्थापित संजालले महिला अधिकारका पक्षमा कार्य गर्दै आईरहेको छ । 

संजालको आजको कार्यक्रम निवर्तमान अध्यक्ष निर्मला गिरीको अध्यक्षतामा र निवर्तमान प्रदेश सभा सदस्य देवी ओलीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमको बिशेष आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति