नेभिगेशन
समाज
दाङ

च्याउ खेती गरेर खर्च जुटाउदैँ बिद्यार्थी

दाङ ।

दाङको एक बिद्यालयका बिद्यार्थीहरु आफ्नो लागि आफै खर्च जुटाउन लागी परेका छन् ।  तुलसीपुर २ मा रहेको श्री वालापुर माविका विद्यार्थीहरुले प्रयोगात्मक कक्षाका लागि सामग्री जुटाउँन च्याउ खेती सुरु गरेका छन् ।

विद्यार्थीलाई उद्यमशिलताको वारेमा सिकाउनुका साथै शैक्षिक सामग्रीको आर्थिक जोहो गर्न विद्यालयमै च्याउ खेतीको काम सुरु गरेको विद्यालयकी शिक्षिका सीता थापाले बताईन् ।

बिद्यालयले सहयोग जुटाएर च्याउको विउ किनेर खेती सुरु गरेको छ । जहाँ बिद्यार्थीहरुले श्रम खर्च गरेर काम गरिरहेका छन् । च्याउ विक्रिबाट आएको रकम बिद्यार्थीको प्रयोगात्मक सामाग्री खरिद गर्न खर्च हुने बिद्यालयले जनाएको छ ।

प्रत्येक कक्षाबाट ४ जना विद्यार्थीका दरले कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई च्याउखेतिमा सहभागी गराइएको छ । विद्यार्थीहरुले विद्यालय पछि वा विदाको दिनमा काम गर्ने गरेको बिद्यालयले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज