रुकुम पश्चिम : एक अर्ब ५१ करोड बढी रकम खर्च हुन नसकेर फिर्ता

मंगलबार, असार २६, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिममा एक अर्ब ५१ करोड बढी रकम फ्रिज भएको छ । चालु आर्थिक वर्ष ०७९/८० मा जिल्लामा प्राप्त बजेट मध्यबाट एक अर्ब ५१ करोड ४८ लाख ३७ हजार ७८५ रुपिँया ६२ पैसा खर्च नभएर फिर्ता भएको हो । 

रुकमु पश्चिमस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाईको कार्यालयमा प्राप्त हुन आएको उक्त बजेट खर्च निकाशा हुन नसकि फिर्ता गएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय अन्तर्गतबाट ८१ करोड ३७ लाख ८५ हजार ४६ रुपिँया फिर्ता गएको हो भने प्रदेश लेखा इकाईको कार्यालयबाट ७० करोड दश लाख ५२ हजार ७३९ रुपिँया ६२ पैसा फिर्ता भएको हो । 

कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रण बोमलाल पराजुलीका अनुसार संघीय सरकार अन्तर्गत रहेका विभिन्न कार्यालयहरुले ६ अर्ब ६ करोड एक लाख २१ हजार ६६८ रुपियाँ मात्र खर्च गरेका छन् । 

उहाँले कार्यालयबाट चालुतर्फ ९७.३९ प्रतिशत बजेट खर्च भएको छ भने पूजिँगत तर्फ ६३.८७ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । पूजिँगततर्फ प्राप्त कुल बजेट एम अर्ब ८९ करोड २८ लाख ६१ हजार पाँच सय बजेट मध्य एक अर्ब २० करोड ९० लाख ७६ हजार ७७२ रुपिँया खर्च भएको छ ।

त्यसैगरी चालुतर्फ प्राप्त कुल चार अर्ब ९८ करोड १० लाख ४५ हजार २१४ बजेट मध्य चार अर्ब ८५ करोड १० लाख ४४ हजार ८९६ रुपिँया मात्र खर्च भएको छ । 

जिल्लामा प्रदेश सरकार अन्तर्गत रहेका विभिन्न १८ कार्यालयबाट आर्थिक वर्ष ०७९÷८० प्रदेश लेखा इकाई कार्यालय मार्फत दुई अर्ब २४ करोड १३ लाख २७ हजार दश रुपिँया ३८ पैसा खर्च भएको छ । प्रदेश लेखा इकाईको कार्यालयका प्रमुख याम बहादुर पुनका अनुसार यस आवमा ७६.१७ प्रतिशत बजेट खर्च भएको हो । उहाँका अनुसार यस वर्ष दुई अर्ब ९४ करोड २३ लाख ७९ हजार ७५० रुपिँयाको बजेट रहेको थियो । 

यस कार्यालयमा प्राप्त कुल बजेट मध्य ८०.३८ प्रतिशत चालुतर्फ र ७४.४८ प्रतिशत पूजिँगत तर्फ खर्च भएको छ । चालुतर्फ रहेको ८४ करोड २५ लाख ९७ हजार ७५० रुपिँया बजेट मध्य ६७ करोड ७३ लाख २० हजार ८६० रुपिँया ७१ पैसा खर्च निकाशा भएको छ  ।

त्यसैगरी पूजिँगत तर्फ रहेको दुई अर्ब नौ करोड ९७ लाख ८२ हजार रुपिँया बजेट मध्य एक अर्ब ५६ करोड ४० लाख ६ हजार १४९ रुपिँया ६७ पैसा मात्र रकम खर्च भएको छ । 

कार्यालय प्रमुख पुनका अनुसार जिल्लाका ६ स्थानीय तह र अन्य १२ वटा प्रदेश अन्तर्गतका कार्यालयको बजेट निकाशा यस कार्यालय मार्फत हुने गरेको छ । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्