रुकुम पश्चिममा प्रदेश तर्फको दुई अर्ब २४ करोड बढी बजेट खर्च

सोमबार, असार २५, २०८०

रुकुम पश्चिम । प्रदेश सरकार अन्तर्गत रहेका रुकुम पश्चिमका विभिन्न १८ कार्यालयबाट आर्थिक वर्ष ०७९/८० मा दुई अर्ब २४ करोड भन्दा बढी रुपिँया खर्च भएको छ ।

चालु आ.व.मा प्रदेश लेखा इकाई कार्यालय मार्फत दुई अर्ब २४ करोड १३ लाख २७ हजार दश रुपिँया ३८ पैसा खर्च भएको हो । 

प्रदेश लेखा इकाईको कार्यालयका प्रमुख याम बहादुर पुनका अनुसार यस आवमा ७६.१७ प्रतिशत बजेट खर्च भएको हो । उहाँका अनुसार यस वर्ष दुई अर्ब ९४ करोड २३ लाख ७९ हजार ७५० रुपिँयाको बजेट रहेको थियो । 

उहाँका अनुसार प्राप्त कुल बजेट मध्य ८०.३८ प्रतिशत चालुतर्फ र ७४.४८ प्रतिशत पूजिँगत तर्फ खर्च भएको छ । चालुतर्फ रहेको ८४ करोड २५ लाख ९७ हजार ७५० रुपिँया बजेट मध्य ६७ करोड ७३ लाख २० हजार ८६० रुपिँया ७१ पैसा खर्च निकाशा भएको छ  ।

त्यसैगरी पूजिँगत तर्फ रहेको दुई अर्ब नौ करोड ९७ लाख ८२ हजार रुपिँया बजेट मध्य एक अर्ब ५६ करोड ४० लाख ६ हजार १४९ रुपिँया ६७ पैसा मात्र रकम खर्च भएको छ । 

कार्यालय प्रमुख पुनका अनुसार जिल्लाका ६ स्थानीय तह र अन्य १२ वटा प्रदेश अन्तर्गतका कार्यालयको बजेट निकाशा यस कार्यालय मार्फत हुने गरेको छ ।

असार २४ गतेको रातीसम्ममा बजेट अख्तियारी आउँदा निकाशा गर्नमा समस्या हुने गरेको उहाँको भनाई रहेको छ । 

सम्बन्धित समाचार 

रुकुम पश्चिम : संघीय कार्यालयतर्फ ६ अर्ब ६ करोड बढी रकम खर्च

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्