नेभिगेशन
समाज
बाँके

सिकलसेल एनिमियाका बिरामीलाई मार

बाँके

नेपालगन्जस्थित भेरी अस्पतालमा रहेको सिकलसेल एनिमिया जाँच गर्ने इलेक्ट्रोफोरसिस मेसिन विग्रिएपछि चर्को शुल्क तिरेर जाँच गराउन विरामी बाध्य भएका छन् ।

अस्पतालमा निशुल्क उपचार गराउन पाइने सिकलसेल जाँच गर्ने मेसिन विग्रिएपछि बाहिरको प्याथालोजीमा दुई हजार रुपैयाँ शुल्क तिरेर जाँच गराउन विरामी बाध्य भएका हुन् ।

भेरी अस्पतालमा हप्तामा ६० देखि ७० जना सिकलसेल जाँचका लागि आउने गरेको अस्पतालका प्याथालोजी विभाग प्रमुख बालकृष्ण अवालले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज