नेभिगेशन
खेल
खेल

एट नेशन्स कप टी—ट्वेन्टी क्रिकेट श्रृँखला सर्यो

काठमाडौँ ।

केन्यामा हुने तय भएको एट नेशन्स कप टी—ट्वेन्टी क्रिकेट श्रृँखला सरेको छ । केन्या क्रिकेटले आयोजना गर्ने भनिएको प्रतियोगिता दुई देखि तीन साताका लागि सरेको नेपाली क्रिकेटका व्यवस्थपक रमन शिवाकोटीले जानकारी दिए ।

यसअघि प्रतियोगिता केन्यामा यही मार्च २२ देखी ३१ सम्म हुने तय गरिएको थियो । प्रतियोगितामा नेपालसँगै ८ देशको सहभागिता रहने तय गरिएको छ ।

एट नेशन टी—ट्वेन्टी क्रिकेट श्रृँखलालाई आइसीसी टी–ट्वेन्टी विश्वकप छनोटको दोस्रो चरणको तयारीका रुपमा लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्