नेशनल माइक्रोफाइनान्सद्वारा वित्तिय साक्षरता तथा समूह अध्यक्ष गोष्ठी सम्पन्न

२०७९ फागुन १७

तनहुँ / नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था लि. शाखा कार्यालय मनपाङ, तनहुँद्वारा वित्तिय साक्षरता तथा समूह अध्यक्ष गोष्ठी कार्यक्रम सम्म्पन्न भएको छ ।

कार्यक्रममा केन्द्र परिचालन, बचत, कर्जा, कर्जा सदुपयोगिता, व्वसाय ब्यवस्थापन बारेमा बित्तिय साक्षरता कार्यक्रम मार्फत जानकारी गराईएको शाखा प्रमुख हरि शर्माले जानकारी दिनुभयो ।

यसका साथै कार्यक्रममा प्रथम, द्धितिय र तृतिय समूहका समूह अध्यक्षलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा एक जना उत्कृष्ट बचतकर्ता तथा समूहमा आबद्ध भएर लघुउद्यममा संलग्न एक जना सदस्यलाई कदर पत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था लि. केन्द्रिय कार्यालय वरिष्ठ अधिकृत मदन रिजालको प्रमुख आतिथ्य रहेको थियो । समूह सदस्य श्रीमती बिष्णु कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिका ६ की सदस्य अनु महत श्रेष्ठ, ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँका प्रहरी निरीक्षक याम अर्याल, घाँशिकुवा शाखाका प्रमुख समिक्षा लामिछानेको आथित्यता रहेको थियो ।

शाखा प्रमुख हरि शर्माले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो भने वरिष्ठ अधिकृत मदन रिजालले बित्तिय साक्षरताको बारेमा सहजिकरण गर्नुभएको थियो ।

२०७१ असार १८ गतेबाट भएको आएको नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्थाले हाल देशभरमा १०१ शाखा मार्फत करिब एक लाख ५० हजार सदस्यलाई सेवा दिदै आएको बताईएको छ । संस्थाका सदस्यहरुबाट तीन अर्ब १४ करोड भन्दा धेरै बचत परिचालन गरेको संस्थाले यस अबधिमा ११ अर्ब ५४ करोड रकम कर्जा प्रवाह गरेको शाखा प्रमुख बताउनुभयो ।

हालै राष्ट्रियस्तरको समिट लघुबित्तसँग मर्जको लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती समेत प्राप्त भैसकेकोले मर्जर पश्चात संस्था सबल र सुदृढ भएर दुर दराजमा समेत बित्तिय सेवा पुर्याउन सक्ने बताईएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  २०:०३
प्रतिक्रिया दिनुहोस्